Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ प्लस
मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ, १५ चैत । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस शेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार