Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

अर्थ प्लस
रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

काठमाडौं ।  अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ । उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ ।

यसै कारण लगानीकर्ताको चर्को दबाबसँगै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरूले असोज ५ गतेअघि नै बजार खोल्ने सम्भावनाबारे छलफल थालेका छन् । धितोपत्र बोर्डले आज सञ्चालक समिति बैठक बोलाई बजार खोल्ने मिति, समयावधि, सर्किट ब्रेकरको व्यवस्था जस्ता विषयमा निर्णय गर्ने बताइएको छ ।

राजनीतिक वातावरण स्थिर हुँदै गएको र लगानीकर्ताको मनोबल उकासिएको कारण बजार सुरुवाती दिन २ घण्टा मात्र वा पूरा समय नै खोल्ने विषय पनि छलफलमा रहेको छ । असोज १ गते सार्वजनिक विदा भएकाले असोज २ गते एकदिन मात्र बजार खोल्ने वा असोज ५ गतेदेखि नियमित गर्ने विषयमा अन्तिम निर्णय मंगलबार हुने जनाइएको छ ।

सम्बन्धित समाचार