Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

कामना सेवा विकास बैंकको साधारण सभा घोषणा: लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज मिति कहिले ?

कामना सेवा विकास बैंकको साधारण सभा घोषणा: लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज मिति कहिले ?

अर्थ प्लस
कामना सेवा विकास बैंकको साधारण सभा घोषणा: लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज मिति कहिले ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा असोज २४ गते बिहान ११ बजे काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्शनमा हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर र ५.७८९५% नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नुपरेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, असार मसान्त २०८२ को वासलात, नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरिनेछ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तथा ३ जना संस्थापक र ३ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाबाट पारित हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार