Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

कालिका लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

कालिका लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

अर्थ प्लस
कालिका लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी (समूह क)को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।  

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।  

यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ। 

सम्बन्धित समाचार