Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्सेमा लाग्यो तेस्रो नकारात्मक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

नेप्सेमा लाग्यो तेस्रो नकारात्मक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

अर्थ प्लस
नेप्सेमा लाग्यो तेस्रो नकारात्मक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

काठमाडौं- सेयर बजारमा तेस्रो नकारात्मक सर्किट लागेको छ । यससँगै आजका लागि बाँकी अवधिको कारोबार स्थगित भएको छ। 

लामो समयपछि खुलेको बजारमा प्रि ओपन सेसनमै ३४ अंकले घटेको नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि सेयर कारोबार बन्द भएको हो।

नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। 

सर्किटपछि ११ बजेर २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो।

त्यसपश्चात १२ बजेर ३ मिनेटमा खुलेको बजारमा १२ बजेर ६ मिनेटमा नेप्से पुनः १ प्रतिशत घटेपछि तेस्रो सर्किट लागेर आजको लागि सेयर कारोबार बन्द भएको हो।

आज सेयर बजार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ को विन्दुमा कायम भएको छ ।

सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ भने २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

सम्बन्धित समाचार