Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

पहिरो खस्ने क्रम नरोकिएपछि आज यी राजमार्ग अवरुद्ध (सूचीसहित)

पहिरो खस्ने क्रम नरोकिएपछि आज यी राजमार्ग अवरुद्ध (सूचीसहित)

अर्थ प्लस
पहिरो खस्ने क्रम नरोकिएपछि आज यी राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाडौं । देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका सडकका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरू अलपत्र बनेका छन् ।  नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा राजमार्गमा अवरोध भएपछि यसबारे चासो बढेको छ ।

शनिबार दिउँसो सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक पनि बसेको छ । भौतिकसहित ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङको नेतृत्वमा भएको आकस्मिक बैठकमा सडक खुलाउनेबारे छलफल भइरहेको छ ।

सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुर र सुरक्षा अधिकारीहरूले सडकखण्डका बारेमा मन्त्री कुलमान घिसिङलाई जानकारी पनि गराएका छन् ।

शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।

Route.jpg

सम्बन्धित समाचार