Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बैंकसँग साढे ६ खर्बभन्दा बढी कर्जा दिने क्षमता

बैंकसँग साढे ६ खर्बभन्दा बढी कर्जा दिने क्षमता

अर्थ प्लस
बैंकसँग साढे ६ खर्बभन्दा बढी कर्जा दिने क्षमता

काठमाडौँ, १५ चैत । बैंकिङ क्षेत्रमा ६ खर्ब भन्दा बढी रुपैयाँ लगानी योग्य रकम थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ६ खर्ब ६१ अर्ब लगानी योग्य रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत लगातार प्रशोचन गरे पनि तरलता बढिरहेको छ । 

चालु आर्थिक वर्षको साढे आठ महिनामा चार खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो । जसमा दुई खर्ब चार अर्ब मात्र कर्जा प्रवाह भएको छ । कर्जा माग नबढ्दा र अर्थतन्त्रको अवस्था नसुध्रिँदा बैंकहरुमा यति ठुलो रकम थुप्रिएको हो । 

उपयोग्य वस्तुको मागमा समेत कमी आएकाले बैंकिङ प्रणालीमा कर्जाको माग न्यून छ। अर्थतन्त्रको गति सुस्त हुँदा बैंकहरूको असुली प्रभावित भएको लामो समय भइसकेको छ।
विदेशी मुद्रा सञ्चिति बढाउने नाममा करिब डेढ वर्षसम्म बैंकहरूले ब्याजदरमा गरेको कार्टेलिङ र त्यसपछि पनि संस्थागत निक्षेप तान्नका लागि बैंकहरूले निक्षेपको ब्याजदरमा गरेको अस्वस्थ प्रतिपर्धाको मार अहिले अर्थतन्त्रले खेपिरहेको छ।

सम्बन्धित समाचार