काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शीतल निवास स्रोतका अनुसार, आइतबार थप मन्त्रीहरू नियुक्त भएपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ।
राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका छन्। यसअघि चार सदस्यीय रहेको मन्त्रिपरिषद्मा ५ जना थपिएसँगै अब यो ९ सदस्यीय भएको हो।
