काठमाडौं । जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गरिएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई सञ्चारमन्त्री नियुक्त गरेका हुन्।
पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा विद्यावारिधि गरिरहेका छन्।
