Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

अर्थ प्लस
नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड)मा खसेको सुक्खा पहिरो खसेकाले सडकमा सवारी साधनको लामो लाइन लागेको छ । यात्रुहरु र गाडीका स्टाफहरु अलपत्र परेका छन् ।

पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने अधिकारीहरुले बताएका छन् । नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले पहिरो पन्छाउन आज दिनभर लाग्नसक्ने बताएका छन् । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेलाको सडकमा परेको गाडीको चाप सामान्य नहुँदै पुनस् धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् ।

दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

सम्बन्धित समाचार