Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, फेरि खस्यो भयंकर पहिरो

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, फेरि खस्यो भयंकर पहिरो

अर्थ प्लस
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, फेरि खस्यो भयंकर पहिरो

काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा दिउँसो खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिएका छन् ।

एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको  छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताएका छन् ।

सम्बन्धित समाचार