Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा फेरी अर्का व्यक्ति प्रकाउ

जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा फेरी अर्का व्यक्ति प्रकाउ

अर्थ प्लस
जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा फेरी अर्का व्यक्ति प्रकाउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन् 

पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । योसँगै महाराजगञ्जका प्रहरी हत्या आरोपमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । उनीहरूले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जाल सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।जेनजीको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । पौडेलले लट्ठीले हानेर हत्या गरेको भिडिओमा समेत देखिन्छ ।

त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।

सम्बन्धित समाचार