मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ सम्पत्ति र सवारीसाधन जोड्ने अवसर छ। व्यापार–व्यवसायमा लाभ र आम्दानी बढ्ने सम्भावना छ। ठेकापट्टा कार्य लाभदायी हुनेछ। वित्तीय बजारमा लगानी गर्न अनुकूल समय छ। जीवनस्तर सहज रूपमा उकासिने संकेत छ। व्यवसायिक यात्रा र सहकार्यले नयाँ आर्थिक अवसरहरू खुल्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उपभोग्य वस्तु र पहिरनको व्यापारमा वृद्धि हुने संकेत छ। खर्च बढे पनि उपलब्धिमूलक काम हुनेछन्। पदोन्नति वा स्थानान्तरणले आय र सुविधा बढ्ने सम्भावना छ। प्रतिस्पर्धामा विजय र पराक्रमले अवसर दिलाउनेछ। व्यापार तथा नयाँ आर्थिक काम सुरु गर्ने अनुकूल समय छ, जसले आम्दानी र पेशागत प्रभाव विस्तार गर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपभोग्य वस्तु तथा पहिरनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। पैतृक सम्पत्तिको वादविवाद सुल्झिनेछ र नयाँ फाइदाका स्रोत पहिचान हुनेछन्। श्रम परे पनि पछि लाभ हुने काम सुरु हुनेछ। व्यवसायमा विशेष अवसर हात लाग्नेछ भने वैदेशिक यात्राले अध्ययन वा काममार्फत आयआर्जनका नयाँ बाटा खोल्नेछ। दिगो लाभ दिलाउने काममा प्रगति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुपालनमा लगानी गर्नेहरूले उल्लेख्य आम्दानी गर्न सक्नेछन्। तर अन्य काममा तत्काल प्रतिफल नआउने र पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइ वा आफन्तसँग असमझदारीले रोकिएका काम फेरि दोहोरिन सक्छन्। हातमा लिएको कामलाई धैर्यपूर्वक पूरा गर्नुपर्छ। अरूको भर नपरी स्वयम् प्रयास गर्दा मात्र आर्थिक लाभ सम्भव हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार र शेयर बजारमा गरिएको लगानीबाट मनग्य नाफा हात लाग्नेछ। उपभोग्य वस्तु तथा पहिरनको व्यापार फस्टाउनेछ भने सापटी रकम फिर्ता आउनाले आर्थिक अवस्था मजबुत हुनेछ। प्रतिस्पर्धामा विजय मिल्नेछ र प्रयत्नअनुसार अवसर जुट्नेछ। भौतिक साधन जोडेर दिगो योजना सुरु गर्न सकिनेछ। सेवामूलक कार्यले धनसँगै प्रतिष्ठा पनि दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा वृद्धि भई आम्दानी बढ्नेछ। वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी लाभदायी हुनेछ भने खाद्यान्न, बिलासी सामान र निर्माण सामग्रीको व्यापार फस्टाउनेछ। कलात्मक क्षेत्रमा लगानी गर्नेहरूले नामसँगै दाम पनि कमाउने सम्भावना छ। हतारमा लिएका निर्णयले हानि गराउन सक्छ, तर मिहिनेत र बुद्धिको उपयोगले आर्थिक प्रगति सुनिश्चित हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उपभोग्य वस्तु र पहिरनको व्यापारबाट नाफा कमाइनेछ। शेयर बजारमा गरिएको लगानी अपेक्षित आम्दानी दिलाउनेछ। रचनात्मक कामबाट मनग्य धन आर्जन हुनेछ भने पहिलेका सफलताले नयाँ अवसरतर्फ अघि बढ्ने हौसला दिनेछ। व्यापार–व्यवसायमा चुनौती आए पनि लगनशीलताले सफल बनाउनेछ। नयाँ कामको प्रस्तावले भविष्यका लागि स्थायी आम्दानीका बाटा खोल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विदेशी सामानको व्यापार फस्टाउनेछ र वैदेशिक रोजगारी वा यात्राबाट धन कमाउने अवसर प्राप्त हुनेछ। खर्च बढे पनि उपलब्धिमूलक काम सफल हुनेछन्। आकस्मिक खर्चले केही अभाव देखिन सक्छ तर लगनशील प्रयासले आर्थिक अवसरहरू बढ्नेछन्। उधारोमा व्यापार गर्नुपरे पनि दीर्घकालीन लाभ सम्भावना छ। समयमै काम सम्पन्न गर्दा नाम र आम्दानी दुवै हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार र शेयर बजारमा लगानीले आर्थिक अवस्था सुदृढ हुनेछ। सानो कामले पनि राम्रो आम्दानी दिनेछ। उद्योग तथा व्यापारमा फड्को मार्ने अनुकूल समय छ भने रोकिएका काम र जिम्मेवारी पूरा हुनेछ। आयस्रोत बढ्दै आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ र छोटो समयमै कामको आधार तयार हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्ने सम्भावना छ। विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी आर्थिक काम बन्नेछ। प्रतिष्ठित परियोजना र समाजसेवामा सफलता पाउँदा नामसाथै दाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले आम्दानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार, शेयर बजार र औद्योगिक लगानीबाट मनग्गे धन आर्जन सम्भव छ। सानो प्रयत्नले परिणाममुखी काम बन्नेछ भने रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। दीर्घकालीन दिगो काममा जग बस्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। मिहिनेतले आर्थिक अवस्थालाई मजबुत बनाउनेछ र आवश्यक भौतिक साधन जुट्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। नयाँ व्यापारिक सम्पर्कबाट लाभ मिल्ने सम्भावना छ। चुनौतीपूर्ण परिस्थितिमा पनि अवसर खोज्दा नाफा आउन सक्नेछ। हातमा लिएका कार्यलाई इमान्दारीपूर्वक सम्पन्न गर्दा स्थायी लाभ हासिल हुनेछ। लगनशीलताले मात्र आर्थिक संकल्प पूरा गर्न सहयोग पुर्याउनेछ।
