Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं, चैत १६ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयरको विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार