Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने 

तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने 

अर्थ प्लस
तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने 

मुग्लिन–नारायणगढ सडक तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने  खण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ । काममा कुनै बाधा आइनपरे सम्भवतः आज रातिसम्म पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा सडक डिभिजन भरतपुरको छ ।बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि नारायणगढ तर्फ २ र मुग्लिन तर्फ ३ गरी ५ वटा उपकरणहरू प्रयोग भएका छन् । साथै दुवैतर्फ १र१ वटा उपकरण तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ । काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फ ५ वटा उपकरणले मात्रै पहिरो हटाउने काम भइरहेको हो ।

सम्बन्धित समाचार