Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

मुग्लिन नारायणगढ सडकखण्ड तुइन खोलामा फ्लडलाइट जडान गरेर पहिरो पन्छाइँदै, आजै सडक खुलाउने तयारी

मुग्लिन नारायणगढ सडकखण्ड तुइन खोलामा फ्लडलाइट जडान गरेर पहिरो पन्छाइँदै, आजै सडक खुलाउने तयारी

अर्थ प्लस
मुग्लिन नारायणगढ सडकखण्ड तुइन खोलामा फ्लडलाइट जडान गरेर पहिरो पन्छाइँदै, आजै सडक खुलाउने तयारी

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो पन्छाउने कार्य जारी छ । मंगलबार दिउँसो ठूलो पहिरो गएपछि सो सडकखण्ड ठप्प छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै खसेको पहिरो बिहीबार साँझ फ्लडलाइट जडान गरेर पन्छाउने कार्य भइरहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । आजै सडक खुलाउने तयारी गरिएको जनाइएको छ ।

"तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य सडक डिभिजनले फ्लडलाइट जडान गरी हालसम्म पनि निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी गराउछौँ । सम्भवत आजै सडक खुलाउन कटिबद्ध भएको जानकारी गराउछौँ," सडक डिभिजन भरतपुर सूचना जारी गर्दै भनेको छ । 

सम्बन्धित समाचार