Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आज यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

आज यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

अर्थ प्लस
आज यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

आज (बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार:

आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागलगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

सम्बन्धित समाचार