Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

अर्थ प्लस
एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौँ, चैत १८ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले संस्थापक शेयर लिलाममार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको एक करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले शेयरको बिक्री आवेदन आउदो चैत्र २५ गतेदेखि वैशाख ९ गतेसम्म खुलाउने जनाएको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

खरिदकर्ताले आवश्यक कागजातसहित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं वा ग्लोबल आइएमई बैंकको शाखा शंखमूल नयाँ बानेश्वर–काठमाडौं, विर्तामोड–झापा, हनुमानदास रोड, विराटनगर–मोरङ, जनकपुरधाम–धनुषा, आदर्शनगर, वीरगञ्ज–पर्सा, हेटौँडा–मकवानपुर, नारायणगढ–चिवतन, न्यूरोड, पोखरा–कास्की, मिलनचोक, बुटवल–रुपन्देही, बाग्लुङ्ग बजार–बाग्लुङ्ग, त्रिभुवन चोक, नेपालगञ्ज–बाँके, विरेन्द्रनगर–सुर्खेत, घोराही–दाङ, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुर शाखा कार्यालयहरुमा आवेदन पेश गर्नुपर्नेछ ।

सम्बन्धित समाचार