Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कार्की, ओली र बालेनमाथि ज्यान मुद्दा—थप को–को परे फन्दामा ?

कार्की, ओली र बालेनमाथि ज्यान मुद्दा—थप को–को परे फन्दामा ?

अर्थ प्लस
कार्की, ओली र बालेनमाथि ज्यान मुद्दा—थप को–को परे फन्दामा ?

काठमाडौं । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोली समेतविरुद्ध ज्यान मुद्दामा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा अभियन्ता युवराज सफलले किटानी जाहेरी दर्ता गरेका हुन् । 

सफलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिवसहितविरुद्ध राज्यशक्तिको दुरुपयोग गरी जेनजी आन्दोलनकारीको ज्यान लिएको आरोप लगाएर जाहेरी दिएका हुन् । उनले नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ, उपत्यका प्रहरी निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, त्यसपछिका प्रमुख दानबहादुर कार्की, जिल्ला प्रहरी काठमाडौंका तत्कालीन प्रमुख छविलाल रिजाल तथा विश्वराज अधिकारीलाई पनि उनले सोही कसुरमा मुद्दा चलाउन र सजाय माग गर्दै जाहेरी दिएका छन् । 

त्यस्तै, अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीलाई उनले आन्दोलनकारीलाई उचालेर घटना घटेको भन्दै पूर्वप्रधान्यायाधीश भनेर सम्बोधन गर्दै जाहेरी दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), हामी नेपालका संस्थापक सुधन गुरुङलाई पनि ज्यान मुद्दा चलाउन माग गर्दै उनले किटानी जाहेरी दिएका छन् । 

उनीहरूसँगै आन्दोलनमा युवाहरूलाई उकासेर ज्यान गएको भन्दै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल र जेनजी आन्दोलनको जाँचबुझ आयोगको अध्यक्ष बनेका गौरीबहादुर कार्कीलाई पनि पक्राउ गरी मुद्दा चलाउन माग गरेर उनले जाहेरी दिएका छन् ।

सम्बन्धित समाचार