Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

राष्ट्र बैंकद्वारा कार्डबाट झिक्न पाइने रकम सीमा परिमार्जन, अब महिनामा अधिकतम ३ लाखसम्म निकाल्न सकिने

राष्ट्र बैंकद्वारा कार्डबाट झिक्न पाइने रकम सीमा परिमार्जन, अब महिनामा अधिकतम ३ लाखसम्म निकाल्न सकिने

अर्थ प्लस
राष्ट्र बैंकद्वारा कार्डबाट झिक्न पाइने रकम सीमा परिमार्जन, अब महिनामा अधिकतम ३ लाखसम्म निकाल्न सकिने

नेपाल राष्ट्र बैंकले एटीएममार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको नयाँ निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एकपटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ।

नयाँ प्रावधानअनुसार दैनिक झिक्न सकिने रकमको सीमा ५० हजार रुपैयाँ र मासिक सीमा ३ लाख रुपैयाँ तोकिएको छ।

यसअघि भने एटीएमबाट एकपटकमा २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।

सम्बन्धित समाचार