Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

काठमाडौं महानगरपालिकाले तिहारमा फूल बिक्री वितरण गर्न विभिन्न ३२ केन्द्र तोक्यो

काठमाडौं महानगरपालिकाले तिहारमा फूल बिक्री वितरण गर्न विभिन्न ३२ केन्द्र तोक्यो

अर्थ प्लस
काठमाडौं महानगरपालिकाले तिहारमा फूल बिक्री वितरण गर्न विभिन्न ३२ केन्द्र तोक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका विभिन्न ३२ केन्द्रबाट बिक्री वितरणको व्यवस्था गरेको छ ।

तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन नयाँ बानेश्वर, तीनकुने, चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगायतका ३२ स्थानलाई बिक्रीस्थल तोकिएको उनले बताए ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत उनले जानकारी दिए । उनले तिहारमा स्वदेशी फूलको सहज रुपमा बिक्री  वितरणको व्यवस्था गर्न महानगर प्रमुखले निर्देशन दिएको उल्लेख गरे।

नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने पाण्डले बताए।

कार्तिक १ देखि ६ गतेसम्म सहज रुपमा स्वदेशी फूलको बिक्री बितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढिको फूलको कारोबार हुने अनुमान छ ।

सम्बन्धित समाचार