Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले फेरिपनि नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो । 

यससँगै सोमबार छापावाल सुनको मूल्य तोलाका २ लाख ४० हजार ४०० रुपैयाँमा कायम भएको हो । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ । यससँगै आइतबार ३ हजार ज्ञ सय २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी सोमबार ३ हजार २ सय २० रुपैयाँ कायम भएको हो । 

सम्बन्धित समाचार