Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

मकवानपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

मकवानपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

अर्थ प्लस
मकवानपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

काठमाडौं- कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा विषादी भेटिएको छ । 

मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १५ थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये अकबरे खुर्सानीमा अत्यधिक विषादीको मात्रा रहेको फेला परेको छ । 

नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । 

यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।

सम्बन्धित समाचार