Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । 

यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । सोमबार तोलामा ३ हजार २ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ । 

आज कायम भएको चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । 

सम्बन्धित समाचार