Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० राजनीतिक दलको बैठक

संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० राजनीतिक दलको बैठक

अर्थ प्लस
संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० राजनीतिक दलको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको शेखर अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक बोलाएको पनि अधिकारीले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार