Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुनको मूल्य तोलाको २ लाख ५८ हजार पुग्यो, चाँदीको कति ?

सुनको मूल्य तोलाको २ लाख ५८ हजार पुग्यो, चाँदीको कति ?

अर्थ प्लस
सुनको मूल्य तोलाको २ लाख ५८ हजार पुग्यो, चाँदीको कति ?

काठमाडौं- सुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । 

जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ ।  बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार