Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । लगातार बढेर नयाँ रकर्ड बनाइरहेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार २७५ रुपैयाँ कायम भएको हो । 

सम्बन्धित समाचार