Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

‘एल क्लासिको’ पहिलो लेगमा बार्सिलोनामाथि रियल म्याड्रिडको रोमाञ्चक जित

‘एल क्लासिको’ पहिलो लेगमा बार्सिलोनामाथि रियल म्याड्रिडको रोमाञ्चक जित

अर्थ प्लस
‘एल क्लासिको’  पहिलो लेगमा बार्सिलोनामाथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडां । स्पेनिस शीर्ष डिभिजन लिग ला लिगा ‘एल क्लासिको’को पहिलो लेगमा क्लब रियाल मड्रिडले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो ।

आइतबार रियाललाई स्पेनस्थित घरेलु मैदान स्टाडियो सान्टियोगो बर्नबेउमा जित दिलाउन केलियन एम्बापे र जुड बेलिंघमले गोल गरे । बार्सिलोनाका फेर्मिन लोपेजले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

खेलको २२औँ मिनेटमा रियाललाई टोलीका एम्बापेले अग्रता दिलाए । तर, रियालले यो अग्रता भने लामो समयसम्म जोगाउन सकेन । ३८औँ मिनेटमा बार्सिलोनाका लोेपेजले गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसअघि सुरुआती १२औँ मिनेटमा, रियालले अग्रता लम्ब्याउने अवसर पाएको थियो ।

एम्बापेले गोल गरे पनि मान्यता दिएको थिएन । ४३औँ मिनेटमा रियालका बेलिंघमले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा ल्याए । रियालले यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित पक्का गरेको हो । 

खेलको इन्जुरी टाइममा बार्सिलोनाका पेड्रीले दोहोरो पँहेलो कार्डपछि रातो कार्डको दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो । खेलपछि मैदान तनावपूर्ण समेत बनेको थियो ।

खेलमा अन्तिम ‘ह्विसिल’को इसारापछि र त्यसको केही मिनेटअगाडि दुवै टोलीका खेलाडीहरूबीच विवाद भएको थियो । जितसँगै रियालले तालिकाको शीर्ष स्थानमा आफ्नो पक्कड बलियो बनाएको छ ।

रियालले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग स्पष्ट ५ अंकको दुरी कायम गरेको हो । शीर्ष स्थानमा रहेको रियालले १० खेलमा नौ जित र एक हारसहित २७ अंक बनाएको हो । पराजित बार्सिलोना भने समान खेल खेल्दा सात जित, एक बराबरी र दुई हारसहित २२ अंकमा सीमित छ । 

सम्बन्धित समाचार