Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरियो

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरियो

अर्थ प्लस
नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरियो
काठमाडौं, चैत २० । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे । सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो ।
सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको कार्यक्रमा जानकारी गराइयो । भिजिट नेपाल २०२० अभियानका संयोजक एवम व्यवसायी सुरज बैद्यले नेपाल देश सानो भएपनि विश्वका लागि उत्कृष्ट गन्तब्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने बताए । नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको आकर्षण र विविधतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न अमेरिका सँधै तयार रहेको जानकारी दिए ।
 पर्यटन मन्त्रालयका सचिब डा. दिपक काफ्लेले सुरु भएको अभियानमा सरकारले आवश्यक सहयोग गर्दै  विदेशी निकायसँगको सहकार्यमा नेपालको प्रवद्र्धन गर्न आतुर रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दिनी थापा साथै युएसएडकी प्रज्ञा अधिकारीले अभियानका बारेमा प्रष्ट पारे ।घोषणा गरिएको अभियानमा काठमाडौं, पोखरा, बर्दिया र इलामका पर्यटकीय आकर्षणबारे सोसल मिडिया अभियन्ता, स्टेकहोल्डरमार्फत स्टोरीटेलिङ प्रस्तुत गर्दै विश्वलाई नेपालको समृद्ध सम्पदा र विविध संस्कृति देखाउने लक्ष्य लिइएको छ ।

सम्बन्धित समाचार