Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको सेवामा २५ प्रतिशतसम्म छुट सुविधा

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको सेवामा २५ प्रतिशतसम्म छुट सुविधा

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको सेवामा २५ प्रतिशतसम्म छुट सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपाल प्रा.लिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौँ, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहकरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास रहेको बैंकले जनाएको छ । 

सम्बन्धित समाचार