Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, चैत २० । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र २० गते) मंगलबार अन्तिम दिन रहेको छ । चैत्र १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट दिन सकिनेछ ।

सम्बन्धित समाचार