Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

संकटमा नेतृत्व लिएका एआईजी कार्की,अहिले षड्यन्त्रको घेरामा

संकटमा नेतृत्व लिएका एआईजी कार्की,अहिले षड्यन्त्रको घेरामा

अर्थ प्लस
संकटमा नेतृत्व लिएका एआईजी कार्की,अहिले षड्यन्त्रको घेरामा

नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा एआईजी दान बहादुर कार्कीलाई लक्षित गर्दै योजनाबद्ध षड्यन्त्र सुरु भएको पाईएको छ ।

संकटका समयमा अन्य एआईजीहरुले जान नमानेपछि भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिएका अधिकारीका रूपमा परिचित कार्की अहिले आफ्नै प्रतिस्पर्धी र बिचौलियाहरूको निशानामा परेका छन् ।

हालका एआईजीहरूमध्ये बरियतामा  र कार्यसम्पादनमा अग्रस्थानमा रहेका कारण सरकारका दृष्टिमा उनी ३३औँ IGP का लागि सबैभन्दा बलियो दावेदारका रूपमा देखिएका छन् । 

यही सम्भावनाले उनका प्रतिद्वन्द्वीहरू र केही बिचौलियाहरू सक्रिय बनेको खुल्न आएको छ । उनीहरू कार्कीको बढुवा रोक्नका लागि विभिन्न माध्यममार्फत भ्रम सिर्जना गर्ने, नकारात्मक समाचार प्रकाशित गराउने र त्यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा बुस्ट गर्ने कार्यसमेत गर्दै आएको देख्न सकिन्छ ।

यस अघिका ३०औँ, ३१औँ र ३२औँ महानिरीक्षकहरू बरियता र कार्यसम्पादनकै आधारमा नियुक्त भएका उदाहरणलाई हेर्दा, दान बहादुर कार्की स्वाभाविकरूपमा प्रमुख दावेदार हुन् । तर, उनको बढ्दो सम्भावनासँगै उनलाई विवादित देखाउने योजनाबद्ध प्रयास तीव्र रूपमा अघि बढिरहेको संकेत मिलेको छ ।

सम्बन्धित समाचार