काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा जारी राजनीतिक दलसहितको बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्।
त्रिपक्षीय वार्तामा जेनजीहरुले सुशासन, भ्रष्टचारीलाई कारबाहीलगायत मागहरु सरकारले सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका हुन्।
उनीहरूले आफ्नो आन्दोलनको मुख्य माग सुशासन भएको बताउँदै भ्रष्टाचारविरुद्धको कारबाहीसहितको एजेन्डा पूरा गर्नुपर्ने बताएका हुन्।
