Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

‘क्युआर कोड’सहितको १२ लाख लाइसेन्स छाप्ने यस्तो छ तयारी, प्रतिगोटा कति रुपैयाँ ?

‘क्युआर कोड’सहितको १२ लाख लाइसेन्स छाप्ने यस्तो छ तयारी, प्रतिगोटा कति रुपैयाँ ?

अर्थ प्लस
‘क्युआर कोड’सहितको १२ लाख लाइसेन्स छाप्ने यस्तो छ तयारी, प्रतिगोटा कति रुपैयाँ ?

काठमाडौं । लामो समयदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रतीक्षामा रहेका सेवाग्राहीले अब कागजको ‘चिर्कटो’ बोकिराख्नुपर्ने झन्झटबाट राहत पाउने भएका छन् । सुरक्षण मुद्रण केन्द्रले ‘क्युआर कोड’ समावेश गरिएको स्मार्ट लाइसेन्स छपाइको तयारी गरेसँगै सेवाग्राहीले राहत पाउने भएका हुन् ।  

यातायात व्यवस्था विभागसँगको सहकार्यमा तत्काल १२ लाख लाइसेन्स छापिने कोषको भनाइ छ । योजनाले वैदेशिक रोजगारीमा जाने तथा अत्यावश्यक परेकासहित हाललाई १२ लाख सेवाग्राहीलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

यसअघि यातायात व्यवस्था विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो । अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्युआर कोड प्रयोग हुने छ । केन्द्रका उपसचिव गोपाल राज तिमिल्सिनाले  नयाँ लाइसेन्सको स्वरूप परिवर्तन हुने र त्यसको छपाइका लागि केन्द्र पूर्ण रूपमा तयार रहेको  बताए ।

तिमिल्सिनाका अनुसार, नयाँ छाप्न लागिएको लाइसेन्स पनि स्मार्ट कार्ड नै हुनेछ, तर पहिलेको जस्तो चिप जडान हुनेछैन । ‘कार्ड स्मार्ट नै हो, तर त्यसमा चिप हुँदैन, क्युआर कोड हुन्छ,’ तिमिल्सिनाले भने । 

सम्बन्धित समाचार