Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आफ्नो घरबाट फोहोर बाहिर ननिकाल्न महानगरबासीलाई काठमाडौं महानगरको अनुरोध

आफ्नो घरबाट फोहोर बाहिर ननिकाल्न महानगरबासीलाई काठमाडौं महानगरको अनुरोध

अर्थ प्लस
आफ्नो घरबाट फोहोर बाहिर ननिकाल्न महानगरबासीलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर मैला घर–कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

 

सम्बन्धित समाचार