Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बालेन–गुरागाईंको सम्बन्ध सुमधुरः सौहार्दपूर्ण वातावरणमा काम अघि बढ्दै काठमाडौं महानगर

बालेन–गुरागाईंको सम्बन्ध सुमधुरः सौहार्दपूर्ण वातावरणमा काम अघि बढ्दै काठमाडौं महानगर

अर्थ प्लस
बालेन–गुरागाईंको सम्बन्ध सुमधुरः सौहार्दपूर्ण वातावरणमा काम अघि बढ्दै काठमाडौं महानगर
लामो समय विवाद र तनाबमा फसेको काठमाडौं महानगरपालिका अहिले फेरि सामान्य गतिमा फर्किएको छ। करिब छ महिनासम्म मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच चलेको किचलो अन्त्य भएपछि हाल महानगरका सबै प्रशासनिक र विकासका काम सहज रूपमा अघि बढिरहेका छन्।
 
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार पछिल्लो समय कार्यपालिका बैठकहरू नियमित रूपमा भइरहेको छन्। “सौहार्दपूर्ण वातावरणमा बैठक, भेटघाट र काम भइरहेको छ। सबैजना मिलेर महानगरबाट सेवा प्रवाह गरिरहेका छौँ,” काफ्लेले भने।
 
यसअघि काठमाडौं टावरको नक्सापास सम्बन्धी विषयमा बालेन र गुरागाईंबीच विवाद तीव्र बनेको थियो। त्यस क्रममा मेयरले गुरागाईंलाई कार्यालय प्रवेशमा रोक्दा करिब तीन महिनासम्म कुचीकारदेखि मेयरसम्मको तलब रोकिनुका साथै प्रशासनिक काम अवरुद्ध भएको थियो।
 
तर अहिले अवस्था पूर्णतः सहज बनेको महानगरले जनाएको छ। उपमेयर सुनिता डंगोलसहित मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच पुनः समन्वय बढेपछि महानगरको विकास, सेवा प्रवाह र निर्णय प्रक्रियामा गतिशीलता आएको छ।
महानगरले हालसम्म असार २७ यतामात्रै दुई वटा कार्यपालिका बैठक सम्पन्न गरेको छ। महानगरका एक अधिकारीका अनुसार, “पहिलेको विवाद अब समाप्त भइसकेको छ, अब सबैजना मिलेर परिणाममुखी काममा केन्द्रित भएका छन्।”

सम्बन्धित समाचार