Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आन्दोलनका कार्यक्रम यथावत् राख्ने नर्सिङ सङ्घको निर्णय

आन्दोलनका कार्यक्रम यथावत् राख्ने नर्सिङ सङ्घको निर्णय

अर्थ प्लस
आन्दोलनका कार्यक्रम यथावत् राख्ने नर्सिङ सङ्घको निर्णय

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सहमति गरेको २४ घण्टा नबित्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने निर्णय गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने जानकारी दिएको हो । शनिवार आन्दोलनको प्रतिनिधित्व गरिरहेको नेपाल नर्सिङ सङ्घ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) एवं निजी मेकिडल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिहरु बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सहमति भएको थियो ।

उक्त सहमतिमा निजी मेकिडल कलेजले आफ्नो शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई पाँचौँ तहको ३४ हजार ७३० रुपियाँ कात्तिक महिनादेखि लागु हुने गरी उपलब्ध गराउने सहमति भएको छ ।

त्यस्तै, अन्य निजी तथा सामुदायिक अस्पताल र डेन्टल कलेजले शुरु तलब स्केल कम्तीमा ८० प्रतिशत तलब दिने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्‍याउने सम्झौता भएको थियो ।

सङ्घको अगुवाइमा देशैभरका स्वास्थ्य शिक्षण संस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मी कार्यरत संस्थासँग न्यूनतम सेवा सुविधा लगायतका १५ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

आन्दोलनमा उत्रिसकेका नर्सलाई कुनै प्रकारको दबाब, प्रभाव, डर त्रास वा धम्कि नदिन सङ्घले आग्रह गरेका छन। नर्सिङ सेवा बन्द हुँदा उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोर्नुपर्ने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार