Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 

अर्थ प्लस
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

सम्बन्धित समाचार