Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षा गार्ड घाइते

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षा गार्ड घाइते

अर्थ प्लस
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षा गार्ड घाइते

काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।

गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको एसपी क्षेत्रीले बताए । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ । फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

 

सम्बन्धित समाचार