Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग

अर्थ प्लस
नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेनस कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु.१ करोड रकमको आर्थिक सहयोग गरेको छ ।

उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालज्यूलाई हस्तान्तरण गरेका छन्।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीले यस प्रयोजनको लागि नियामक निकायवाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । 

सम्बन्धित समाचार