Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आज देशभर छैन मौसम प्रणालीको प्रभाव, अधिकांश भूभागको मौसम सफा रहने

आज देशभर छैन मौसम प्रणालीको प्रभाव, अधिकांश भूभागको मौसम सफा रहने

अर्थ प्लस
आज देशभर छैन मौसम प्रणालीको प्रभाव, अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित समाचार