Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

काठमाडौंमा राजसंस्थाको समर्थनमा मोटरसाइकल र्‍याली

काठमाडौंमा राजसंस्थाको समर्थनमा मोटरसाइकल र्‍याली

अर्थ प्लस
काठमाडौंमा राजसंस्थाको समर्थनमा मोटरसाइकल र्‍याली

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।

राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले शनिबार काठमाडौंको सामाखुसी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सामाखुसी, बालाजु हुँदै प्रदर्शन गर्दै अघि बढ्न खोज्दा प्रहरीले बनस्थलीमा रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरूले बनस्थलीमा नै कोणसभा गरेका थिए ।

उनीहरूले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै मुलुकलाई निकास दिन राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

सम्बन्धित समाचार