Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी

कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी

अर्थ प्लस
कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी

काठमाडौं, चैत २२ । कुमारी बैंकले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका शेयरधनी नन्दे बिष्टको १ हजार १ सय ८, मोहन बहादुर गुरुङको १ हजार २ सय ७ र राम बहादुर बुढाको १ हजार ७ सय २९ कित्ता गरी जम्मा ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य भने तोकिएको छैन । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्ने छ ।

तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारणमा बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार