Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ

प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ

अर्थ प्लस
प्रदेश प्रमुखले  सिन्धुलीको एक होटलमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ

काठमाडौँ । मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन् । तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई  समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन्।’

सम्बन्धित समाचार