Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

अर्थ प्लस
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । सोमबार (कात्तिक २४) नेपाल क्रिकेट संघ (क्यान)ले तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ । 

प्रतियोगितामा पहिलो संस्करणकै आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । 
 
जकनपुर बोल्ट्सले अघिल्लो वर्ष सुदूरपश्चि रोयाल्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

567166728_1378856207251768_3078200708408398591_n-1762781255.jpg
 

सम्बन्धित समाचार