Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रिमियममा आइपीओ जारी गर्न लागेको मारुती सिमेन्टको व्यापार खस्किदो

प्रिमियममा आइपीओ जारी गर्न लागेको मारुती सिमेन्टको व्यापार खस्किदो

अर्थ प्लस
प्रिमियममा आइपीओ जारी गर्न लागेको मारुती सिमेन्टको व्यापार खस्किदो

काठमाडौं, चैत २३ । मारुती सिमेन्टको व्यापार पछिल्लो समय निरन्तर खस्किरहेको छ । सन् २०२२ तुलनामा सन् २०२३ मा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४.७४ प्रतिशतले कम हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले २०२२ मा ४ अर्ब ९७ करोड रुपैयाँ व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको मुनाफा निरन्तर ओरालो लागि रहेको छ ।

कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको गर्नेछ ।

सम्बन्धित समाचार