Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सानिमा बैंकको दराजसँग ‘नव बर्ष उत्सव’ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसँग ‘नव बर्ष उत्सव’ योजनाका लागि सहकार्य

अर्थ प्लस
सानिमा बैंकको दराजसँग ‘नव बर्ष उत्सव’ योजनाका लागि सहकार्य

काठमाडौं, चैत २३ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “नव बर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुनेछ ।

सम्बन्धित समाचार