Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एचआईडीसीएलको संस्थापक शेयर चैत २५ गते देखि लिलामीमा आउने

एचआईडीसीएलको संस्थापक शेयर चैत २५ गते देखि लिलामीमा आउने

अर्थ प्लस
एचआईडीसीएलको संस्थापक शेयर चैत २५ गते देखि लिलामीमा आउने

काठमाडौं, चैत २३ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १ करोड भन्दा बढी कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक शेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

कम्पनीले आगामी चैत २५ गतेदेखि ऊक्त शेयरहरुको बित्री आवेदन खुलाउने भएको छ । यो सेयर खरीदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरीद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँबानेश्वर, विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख ९ गते रहेको छ ।

सम्बन्धित समाचार