Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा सम्पन्न

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा सम्पन्न

अर्थ प्लस
नेपाल प्रिमियर लिग दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा सम्पन्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नक्सालस्थित प्रधान कार्यालयमा पुगेको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित एनपीएल–२ को ट्रफी कम्पनीमा विशेष कार्यक्रमबीच प्रदर्शित गरिएको हो ।

सह–प्रायोजक सानिमा रिलायन्सका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटप्रति बढ्दो जनचासोको उल्लेख गर्दै एनपीएलले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए । उनले आगामी मंसिर १ देखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको सफलताको शुभकामना दिंदै दोस्रो संस्करणमा पनि सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गौरवको विषय रहेको जनाए ।

ट्रफीमा जडित सगरमाथा क्षेत्रको कालापत्थरको पत्थर निमा शेर्पा र मिङ्मा डेविड शेर्पाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमति र सहयोगमा सुरक्षित रूपमा ल्याएका हुन् । यसले ट्रफीलाई हिमाली पहिचानसँग जोड्ने उद्देश्य राखिएको आयोजकले बताएको छ ।

हाल सानिमा रिलायन्स लाइफले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । पाँच अर्बभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले २० अर्बभन्दा बढी लगानी गरिसकेको छ भने करिब २० हजारभन्दा बढी अभिकर्तामार्फत बीमा सेवा विस्तार गरिरहेको छ ।

सम्बन्धित समाचार