Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

नेपाल टेलिकमको खुद नाफा र सञ्चालन आयमा गिरावट, अन्य वित्तीय सूचकहरू कस्ता छन् ?

नेपाल टेलिकमको खुद नाफा र सञ्चालन आयमा गिरावट, अन्य वित्तीय सूचकहरू कस्ता छन् ?

अर्थ प्लस
नेपाल टेलिकमको खुद नाफा र सञ्चालन आयमा गिरावट, अन्य वित्तीय सूचकहरू कस्ता छन् ?

काठमाण्डौं । नेपाल टेलिकम लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी र नाफामा उल्लेख्य गिरावट देखिएको छ । यस त्रैमासमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षभन्दा ६ लाख ७१ हजार रुपैयाँले कम हो भने कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जसमा ५९ करोड २६ लाख रुपैयाँको कमी आएको छ । 

नाफातर्फ करअघिको नाफा १८.९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ भने खुद नाफा ४१ करोड ४४ लाख रुपैयाँले ओरालो लाग्दै १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँमा झरेको छ । प्रतिशेयर आम्दानी (EPS) पनि घटेर २९ रुपैयाँ ४५ पैसा मात्र कायम भएको छ । 

कम्पनीका अनुसार नाफा घट्नुको प्रमुख कारण विश्वव्यापी रूपमा ओटीटी सेवा (WhatsApp, Viber, Zoom आदि) को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा ठूलो कमी आउनु हो, जसले गर्दा अन्तरआवद्धता राजस्व करिब १० करोड ९७ लाख रुपैयाँ र मुद्दती निक्षेपको ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको छ । त्यसैगरी पेन्सन तथा उपदान दायित्व बढ्दा कर्मचारी खर्चमा थप ८.८ करोड रुपैयाँको बोझ परेको छ । 

राष्ट्रिय दूरसञ्चार सेवाप्रदायकको जिम्मेवारी निर्वाह गर्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि निरन्तर लगानी गरिरहनुपर्ने भएकाले उच्च लागतका बाबजुद कम प्रतिफल हुने क्षेत्रमा पनि खर्च बढ्न गएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार